तिन दिन देखि युवती सम्पर्कविहिन
गलेश्वर न्युज १७ भदौ।
पर्वतको जलजला गाउँपालिका ५लेकफाटी १७ वर्षिय पुजा जिसी तिन दिन देखि सम्पर्कबिहिन भएकी छिन । लेकफाटको ग्रमप्रकाश माध्यमिक बिद्यालयमा कक्षा १२ अध्ययनरत पुजा बिद्यालय जादा बाटै फर्केर घरमा कपडा धुनको लागि बसेकी थिईन म धान गोड्नको लागि खेतमा गएको र साझ घरमा आउदा छोरी घरमा नभएको आमा देवि जिसीले गलेश्वर अनलाईनलाई जानकारी दिएकी छन ।
साझा घरमा आएर नदेखे पछि छरछिमेकमा बुज्दा २ बजे सम्म घरमै भएको बताईए पनि तिन दिन देखि उनि सम्पर्कविहिन छिन फोन समेत नलागेको र तिनदिन सम्म घरमा नआएपछि प्रहरीलाई खवर गरेको र इलाका प्रहरी कायर्लय लेखफाटमा खबर गरे पनी त्यहाँ खाेजी काय सम्भव नभएपछी अहिले जिल्ला प्रहरी कार्यालय पर्वतलाइ जानकारी गराएपछी प्रहरीले खोजि गरिरहेको छ । उनलाई भेटाउने मानुभावहरुले जिल्ला प्रहरी कार्यालयमा खवर गर्नेको लागि समेत अपिल गरिएको छ ।