दानामा दन्त शिविर सुरु ७५ जनाले सेवा लिए

प्रकाशित मिति: ११ पुष २०७५, बुधबार गलेश्वर न्युज


गलेश्वर न्युज,११ पुस ।
म्याग्दीको अन्न्पूर्ण गाउँपालिका ३ दानामा बुधबारदेखि निशूल्क दन्त शिविर सुरु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरेर आयोजना गरेको शिविरको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभयो । शिविरको पहिलो दिन आज ७५ जनाले सेवा लिएका छन् ।अध्यक्ष पुनले मानविय सेवानै धर्म भएको बताउदै ग्रामिण क्षेत्रका बासिन्दाको सुबिधाका लागि शिविर सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

एनआरएनए नेदरल्याडका अध्यक्ष कमल वाइवाले ग्रामिण क्षेत्रका बासिन्दाको सुबिधा र दन्त स्वास्थ्य सम्बन्धि चेतना फैलाउने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो ।

दाना र मराङमा शिविरि सञ्चालनका लागि एनआरएनए नेदरल्याड र मोनाले तीन लाख रुपैयाँ सहयोग गरेको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरको पहिलो दिन ७५ जनाले सेवा लिएका मोना नेदरल्याडका अध्यक्ष जंगबहादुर पुनले बताउनुभयो । शिविरबाट दाना, नारच्याङ, भुरुङ तातोपानी, शिख, घारका बासिन्दाले सेवा लिन आएका वडा अध्यक्ष नरसिङबहादुर पुर्जाले बताउनुभयो । दाँन्त परिक्षण, उपचार, परामर्श र निशूल्क औषधीको सुबिधा दिइने जनाइएको छ ।



त्रि.वि शिक्षण अस्पतालका दन्त प्राबिधिक विशेषज्ञ डाक्टर दिपकराज जोशीको नेतृत्वमा डाक्टर दृष्टिराज जोशी, श्रीया जोशी र कल्पना जोशीको टोलीले सेवा दिनुभएको जनाइएको छ । मोनाका अध्यक्ष चक्रबहादुर थापाको अध्यक्षता, नेदरल्याडका अध्यक्ष जंगबहादुर पुनको स्वागत र स्थानीय गंगा पुनको सञ्चालनमा शिविर उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । यसअघि सोमबार र मंगलबार मराङमा सञ्चालन भएको शिविरबाट १७० जना लाभान्वित भएका थिए ।