उपडेट: गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको महानता,हेलिकप्टर मार्फत घाईतेलाई पोखरा पठाए
गलेश्वर न्युज,२७ माघ।
बेनी देखि राखु भगवती जादै गर्दा गदेश्वर पारी रघुगंगा गाउँपालिका तिन पिप्लेको उकालीमा बाट जिप अनियन्त्रीत भई एक सय मिटर तल खसेर गम्भिर घाईते भएकी रंघगंगा गाउँपालिका ३ दुलेपानीकी ३६ वर्षिय गर्भवती सरस्वती दमाईलाई गाउँपालिका प्रमुख भवहादुुर भण्डारीको पहलमा हेलिकप्टर मार्फत पोखरा पुराई उपचार सुरु गरिएको छ ।

दिनको ४ बजे बेनी बाट राखु भगवतीको लागि डाईभर सहित १३ जना यात्रु लिएर गएको ग१ज ५८९९ नम्वरको जिप गलेश्वर पारी दुर्घटना भएको थियो ।दुर्घटनामा परेका १२ जना यात्रु मध्य दमाई गम्भिर रहेको जानकारी पाए पछि प्रमुखको पहलमा प्रभु बैकको हेलिकप्टरमार्फत पोखरा पठाईएको छहेलिकप्टरको लाग्ने खर्च गाउँपालिकाको बिपद् ब्यवस्थापन बाट गर्ने प्रयास गर्छु यदि मिलेन भने ब्यक्तिगत सहयोग गर्ने गरि मिलाइएको प्रमुख भण्डारीले जानकारी दिनु भएको छ । ।

उनको सामान्य परिवारी उनलाई अन्य उपचारमा समेत कुनै कमि हुन नदिने गरि ब्यक्तिगत उपचार गरिदिने पालिका अध्यक्ष भण्डारीले बताउनु भयो । उनलाई मात्र होईन जिल्लाका कुनै समस्यामा पनि आफुले सक्ने सहयोग गर्ने बताउनु भयो ।

अन्य घाईतेहरुको बेनी अस्पतालमा उपचार घाईते हुनेहरुमा रघुगगा गाउँपालिका–३ , ५६ बर्षका कर्न बहादुर काकी, ४१ बर्षे सजिन मल्ल, बेनपा ८ की ३५ बर्षे दुर्गा पौडल, ७५ बर्षे गोबिन्द शर्मा, सरोज बरुवाल, आरोषी घर्ति, दिल बहादुर सार्की, सम्झना भण्डारी, सिर्जना जिसी र आहान जिसी भईरहेको छ । भने जिप चालक गोपि परियार भने प्रहरीको नियन्त्रणमा भएको प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
