दुबै मृगौला पिडित हरिकला खत्रीको उपचारमा लागि करिब ७० हजार जुटायो ज्योति युवा क्लवले

प्रकाशित मिति: २९ माघ २०७५, मंगलवार गलेश्वर न्युज


गलेश्वर न्युज,२९ माघ।

म्याग्दीको बेनी नगरपालिका वडा न ५ डडुवाकी दुवै मृगौला पिडित हरिकला खत्रीको लागी डढुवामा रहेको ज्योती युवा क्लबले आर्थीक संकलन अभियान सुरु गरेको छ ।


दुबै मृगौलामा समस्या आएपछि पोखराको गण्डकी अस्पतालमा उपचार गराइ रहेकी खत्रीको उपचारमा आर्थीक समस्या आएपछि क्लबको संक्रियतामा आर्थीक संकलन गरिएको क्लवका सदस्य पारस भण्डारीले जानकारि दिएका छन ।


क्लबले आज बेनीमा घर दैलो गरेर ६७ हजार ४ सय ४५ रुपैयाँ संकलन गरेको छ । उपचारमा आर्थीक समस्या आएपछि खत्रीको परिवाले आर्थीक सहयोग गरिदिन सबैमा आग्रह समेत गरेका छन् । क्लबले आर्थीक संकलन अभियानलाई निरन्तरता दिने क्लबका सदस्य नेत्रराज सुवेदीले जानकारी बताए।