बेनी अस्पतालमा शिशु उपचार कक्ष सञ्चालनमा

प्रकाशित मिति: २२ जेष्ठ २०७६, बुधबार गलेश्वर न्युज

गलेश्वर न्युज,२२ जेठ ।बेनी अस्पतालमा शिशु उपचार कक्ष सञ्चालन गरिएको छ । अस्पतालमा नवजात शिशुलाई अरु बच्चासँगै राखेर उपचार गर्दा सङ्क्रमणको जोखिम हुने भएकाले दुई श्यया क्षमताको छुट्टै कक्ष सञ्चालनमा ल्याएको हो ।

यो कक्षमा २८ दिनसम्मका शिशुलाई राखेर उपचार गर्न सकिने सुविधा रहेको समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । अक्सिजन, न्यानोका लागि हिटरलगायतका उपकरणको समेत व्यवस्था गरिएको छ । शिशु उपचार कक्ष स्थापनाका लागि करीब साढे रु तीन लाख खर्च भएको छ ।
यसैबीच बेनी अस्पतालमा जनावरले टोकेका बिरामीलाई लगाउने एन्टिरेविज भ्याक्सिनको सेवा पनि थप गरिएको छ । यसअघि कुकुर र अन्य जनावरले टोकेर घाइते भएका बिरामीलाई एन्टिरेविजको भ्याक्सिन लगाउन पोखरा पठाउने गरिएको थियो ।