राखु समाज जापानद्धारा राखुका मुटु रोगीलाई ५१ हजार सहयोग

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहीबार गलेश्वर न्युज

गलेश्वर न्युज,२३ जेठ ।
रघुगंगा गाउँपालिका वडा नम्वर ३ कलेजाबाङ्ग मुटु रोगी धन बहादुर सार्कीलाई राखु समाज जापान ५१ हजार ५ सय ८१ रुपैया आर्थिक सहयोग गरेको छ ।
राखुबाट बैदेशिक रोजगारमा गएकाहरुले जापानमा एकतावद्धको लागि बनाएको संस्थाका अध्यक्ष तारा कार्किको संयोजकमा उठाएको रकम आज रंघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रकम हस्तान्तरण गरेका छन ।


पहिलो अप्रेशन गरेर घरमा आराम गरिरहेका सार्किलाई सहयोग रकम हस्तान्तरण गदै घर परिवारको खुशिको लागि र नेपालको अवस्थाको कारणले बैदेशिक रोजगारमा गएका युवाहरुले दुख पर्दा संगै आफ्नो गाउँठाउँमा सार्वजनिक काम गर्दा आफुले कमाएको केही रकम सहयोग गर्ने गरेको बताउदै सबैलाई धन्यवाद सहित स्वास्थ्य लाभको कामना संगै गाउँपालिकाबाट पनि रकम छुट्याईएको जानकारी दिएका थिए ।


बिदेशमा आफुले कमाएको रकमको केही भाग छुट्याएर समाजले आफ्नो गाउँमात्र नभई देशका बिभिन्न ठाउँहरुमा यस्तै सहयोग गर्दै आएको समाजका अध्यक्ष एवम् मोना आईईसीसीका एसिया प्यासिप संयोजक समेत रहेका कार्कीले बताए ।


बैशाख १३ गतेका दिन एकासी ह्दयघात भएका सार्कीको मुटुको दुईवटा भल्व फुटेर रगत जमेको र उपचारको मणिपाल शिक्षण अस्पताल पोखरामा १८ दिन आईसियुमा राखि उपचार संगै एउटा भल्वको अप्रेशन गरि पाईप फेरीएको र अर्को अप्रेशनको लागि मिति लिएर घरमा आराम गरेको साकीले बताए ।


अहिले सम्म उपचारमा अस्पतालले एकलाख रुपैया र सामजिक बिकास मन्त्रालयको एकलाख रुपैयाको छुट गरि करिव ७ लाख रुपैया खर्च भएको उनकी श्रीमती जुना सार्कि बताउछिन । बैदेशिक रोजगारमा अमेरिकामा गएका सोचिन्द्र भण्डारीको संयोजक समूहले ७३ हजार स्थानिय सुरत बहादुर भण्डारीको अगुवाईमा गाउँका घर घरमा हयोग उठाईहाल सम्म उपचार गरेका छौ,अव अझै एउटा अप्रेशन बाकी छ रकम नभएकोले रोकिएको उनले बताए ।
सार्कीको आर्थिक अवस्था कमजोर भएको र उपचारमा ठुलो रकम लाग्ने भएकोले परिवारले सहयोगको अपिल समेत गरेको छन ।