कुईनेखानीमा स्वास्थ्य ईकाई गाउँपालिका प्रमुखद्धारा उद्घाटन (तस्वीरसहित)

प्रकाशित मिति: २७ जेष्ठ २०७६, सोमबार गलेश्वर न्युज


गलेश्वर न्युज,२७ जेठ।
रंघुगंगा गाउँपालिका ८ कुईनेखानीमा स्वास्थ्य ईकाईको भवन उद्घाटन गरिएको छ ।सोमबार एक कार्यक्रमका बिच ईकाईको भवनको गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले उद्घाटन गर्नु भएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले गाउँपालिकाको बिकट वडा रहेको आठ नम्वर भुगोलले गर्दा धेरै टाढाको दुरीमा पर्ने भएकोले एउटै वडामा पनि दुई ठाउँमा सबै सेवा सुविधा पु¥याउन लागेको बताउदै गाउँपालिकाका सबै जनतालाई समान सेवा दिने लक्ष्य सहित गाउँपालिका अगाडि बढेको बताउनु भएको छ । जनताको सेवाको लागि पालिकाका सबै शाखालाई सबै वडामा के के समस्या छन बिवरण लिएर आएपछि हामीले स्वास्थ्यतर्फ ४ वडा स्वास्थ्य ईकाई संचालनमा ल्याएको भण्डारीले बताउनु भयो ।


गाउँपालिकाको ५ लाख लागतमा बनाईएको दुईकोठे भवनमा एउटा कर्मचारी आवास र अर्कोमा स्वास्थ्य ईकाई संचालन गरिएको कुईनखानी स्वास्थ्य ईकाई भवन निर्माण उपभोक्क्ता समितिका अध्यक्ष गुम बहादुर छन्त्यालले जानकारी दिनु भएको छ । हाल एक जना अहेवले सेवा दिएका छन अवको आर्थिक वर्षमा एकजना अनमि थप गर्ने गाउँपालिकाको लक्ष्य रहेको स्वास्थ्य शाखाका प्रमुख टिका बहादुर शाहीले जानकारी दिनु भएको छ ।


गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रमको वडा अध्यक्ष गमान छन्त्याल अध्यक्षता कुईनेखानी आधारभुत बिद्यालयकी शिक्षिका बबिता छन्त्यालको संचालन महिला स्वास्थ्य स्वयम सेविका धनकुमारी छन्त्यालको स्वागतमा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य खम बहादुर छन्त्याल,कुईनेखानी आधारभुत बिद्यालयका प्रह किशोरी ठाकुर,टोल सुधार समितिका अध्यक्ष बिरबहादुर छन्त्याल,देउराली आमा समूहकी अध्यक्ष बिस्शु छन्त्याल, अहेव महेन्द्र गुर्वजा लगायतले बोलेका थिए ।

गत पौषबाट सुरु भएको स्वास्थ्य ईकाईमा हाल सम्म ३६५ जनाले सेवा लिसकेका छन । करिव ५० घरधुरी रहेको कुईनेमा छन्त्याल र बिश्वकर्माहरुको बसाई रहेको छ ।