गर्भवती महिला र बालबालिकाहरुको पोषण स्थितीको तथ्याङक सार्वजनिक

प्रकाशित मिति: ३० जेष्ठ २०७६, बिहीबार गलेश्वर न्युज


गलेश्वर न्युज,३० जेठ
म्याग्दीमा गर्भपति, सुत्केरी महिला र बालबच्चाहरुको पोषण अवस्थामा सुधार गर्नुपर्ने देखीएको छ । म्याग्दीमा एक कार्याक्रको आयोजना गरि उक्त पोषण सूधार गर्नुपर्ने तथ्याङ्क देखिएको छ र म्याग्दी जिल्लाको सबै वडामा गरिएको स्थास्थ्य परिक्षणको क्रममा उक्त तथ्य आएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले ७ हजार १२५ बालबालिका तथा महिलाहरुको तथ्याकं संकलन गरे कुपोषित बालबालिकाहरु र गर्भवती, सुत्ेकरी महिलाहरुको अवस्थाका बारेमा आज जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर उक्त तथ्य सार्वजनिकरण गरेको हो ।


बहुक्षेत्रीय पोषण कार्यक्तमबाट अन्तर्गत स्थानीयतहसंग समन्व्य गरेर जिल्लाभरका ६ महिनादेखि ५ बर्ष मुनिका ६ हजार ४५९ जना बालबालिका र गर्भवती, सुत्केरी ६सय ६६ जना महिलाहरुको स्वास्थ्य अवस्थाबारे तथ्याकं संकलन गरेको थियो ।

बेनी नगारपालिकामा १५ सय ५५ छ देखी पाँच बर्ष मुनिका बाललबालिका मध्ये ३२ जनामा जोखीम (पहेलो) र २ जनामा अति जोखीम (रातो)े र १ सय ६५ गर्भवती,सुत्केरी महिलाको संख्या मध्ये ९ जनामा जोखीम (पहेलो )र ४ जनामा अति जोखीम (रातो) ,अन्नपुर्ण गाउँपालिकामा ८ सय ९८ जना ६ महिना देखी पाँच बर्ष मुनिका बालबालिका मध्ये १ जनामा जोखिम (पहेलो ) र अति जोखीम शुन्य र १ सय ४ गर्भवती,सुत्केरी महिलाको संख्या मध्ये ५ जनामा जोखिम (पहेलो) र अति जोखिम (रातो) शुन्य ,रघुगंगा गाउँपालिकामा ९ सय छ देखी पाँच बर्ष मुनिका बाललबालिका मध्ये १३ जनामा जोखिम (पहेलो) ,२ जनामा अति जोखिम (रातो ) जना र १ सय २७ जना गर्भवती,सुत्केरी महिलाको संख्या मध्ये १३ जनामा जोखीम (पहेलो) , २ जना अति जोखिम (राता)े रहेको भटिएको छ ।


कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले तथ्याङक सार्वजनिक संगै जिल्लामा रहेका कुपोषित र कुष्ठ रोगिको संख्या पहिचान गर्न सहज हुने बताउनुभयो । उहाँले कुपोषित र कुष्ठ रोग न्युनिकरणका लागि प्रदेश सरकार संग पहल गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी र प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्ला रहेका कुपोषित तथा कुष्ठ रोगिको न्युनिकरणका लागि स्थानीय सरोकारवालाहरु सहित सबैले जोड दिनुपर्ने बताउनुभयो । जिसस प्रमुख केसीको अध्यक्षता तथा कुष्ठ रोग फोकल पर्सन मनिषकुमार महतोको संचालनमा कार्यक्रम समापन भएको थियो ।