म्याग्दी तोरीपानीकी युवती इन्डोनेसियामा अलपत्र,को हुन अलपत्र पार्ने दलाल ?

July 25, 2019

गलेश्वर न्युज,९ साउन ।
म्याग्दीकी एक यूवती इन्डोनेसियामा अलपत्र परेकी छन् । मानव तस्करी गिरोहको प्रभावमा परेर अष्ट्रेलिया जाने भन्दै बेनी नगरपालिका वडा नं ९ तोरिपानीकी मुना खत्री सात महिनादेखि अलपत्र परेको भन्दै सहयोगको याचना गरेकी छन् ।

करिब एकबर्ष अगाडी घर छाडेर हिँडेकी खत्रीलाई दलालले अलपत्र पारेको उनका पिता दिलबहादुरले बताए । ‘छोरी महिनौंदेखि अलपत्र अवस्थामा छिन्,‘म्याग्दीकै दलालले फसाएर त्यहाँसम्म पुर्याएको छ’पिता दिलबहादुर खत्रीको भनाई छ ।


उनका अनुसार करिव ३५ लाखभन्दा बढी खर्च भइसकेको बताउँदै दलाल नेपालमै रहेको बताए । इन्डोनेसियाको जकातास्थति प्रहरीको नियन्त्रणभित्र रहेको बताइएको छ । पासर्पोट र नागरिकता सहितका कागजात समेत नियन्त्रणमा लिएको बताउँदै घर फिर्तिका लागि पहल गरिदिन परिवारले याचना गरेका छन् ।

को हुन् इन्डोनेसियामा अलपत्र पार्ने दलाल
बेनी नगरपालिका वडा नं २ खवरा घरभई बाल्यकाल समेत तोरिपानी आसपासमै विताएका डोलिन्द्र कार्कीले मोटो रकम लिएर अष्ट्रेलिया लैजाने भन्दै खत्रीलाई इन्डोनेसियामा पठाएका थिए । म्याग्दीबाट काठमाण्डौ हुदै इन्डोनेसिया ल्याएर अलपत्र छोडेका नेपाली एजेन्ड हाल सम्पर्कविहिन छन् । उनले पछिल्लो समय थप आर्थिक आवश्यकता परेको भन्दै पीडितका बुबाबाट ५ लाख लिएका छन् । कार्कीले इन्डोनेसियबाट फर्काउने प्रतिबद्धता जनाएको पीडित परिवारले बताएका छन् ।

सबै पैसा फिर्ता दिने समेत बताएपनि अहिले सम्पर्कविहिन रहेका कार्कीको एनसेलको नम्बरमा फोन समेत अफ गरेका छन्। खत्रीसहित ठुलो संख्यामा पुगेको अनुमान गरिएपनि अहिले जेलभित्र जस्तै देखिने ठाउँमा राखिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित नेपाली दूताबासलाई जानकारी गराएर उद्धारको प्रयास हुन सकेको छैन् जकार्ता पु¥याएर सम्पर्कविहिन भएका दलालहरुकै कारण उद्धारमा समस्या भइरहेको पीडितले जनाएका छन् ।