वर्तमान सन्दर्भमा बीपीको सम्झना

September 10, 2020

कुलचन्द्र काफ्ले

महामना बीपी कोइरालाप्रति हार्दिक नमन १ बीपीको याद यस्तो सन्दर्भमा गरिँदैछ अहिले जुनबेला राजनीति हाक्नेहरुले सान्दर्भिकता गुमाउँदै छन् । बीपीको समझना प्रयोगात्मक बनाइए सन्दर्भ बुझाउन प्रेरणा बन्ने निश्चित छ । बीपीलाई राजनीतिको मात्रै किन रु मान्छेको जीवनपद्धतिमा विचार सन्दर्भको पूर्णतामा बुझ्न सकिन्छ । उहाँबारे सामान्य जानकारी लिँदा पनि मलाई लाग्छ – प्रकृति र जीवन जगत्माथि समेत उहाँले आफ्नो दृष्टि बनाउनु भएको छ र ती प्रभावोत्पादक छन् ।

बीपी कोइरालाको जीवनका अठसठ्ठी वर्षमा अधिक अवधि जेल र प्रवासमा बितेको छ । प्रजातन्त्र स्थापनापछि छोटो समयमात्र उहाँ राज्यसत्तामा रहनुभयो । त्यही छोटो समय पनि उहाँको अविस्मरणीय कर्मखण्ड बन्यो । खासमा विचार र व्यवहार संयोजनको ‘फुटनोट’का लागि त्यो समय उदाहरणीय छ । जयन्तीको १०७ औं वर्ष सम्झनामा केही विश्लेषकले युग निर्माता बीपी चिन्तनमाथि विमर्श गरेका छन् । बीपी सन्दर्भ हो । समय समाजको गतिशील छ । समयले सान्दर्भिकता थप्न माग्छ तर चेतना सन्दर्भ विलुप्त हुँदैन । बीपी त्यही हो ।

जेल, प्रवास र राज्यको पदीय जिम्मेवारीमा रहेका सबै बखतलाई बीपीले सिर्जनशील र रचनात्मक बनाउनु भएको छ । नेपाली कांग्रेसलाई स्थापनाको चार वर्षभित्रै एकसय चार वर्षको राणा शासन ढाल्ने हैसियतमा पुर्याउने उहाँको सांगठनिक नेतृत्व कौशल चमत्कारकै हो । संस्थापक नेता बीपी कोइरालाले यति छिटै नेपाली कांग्रेसलाई जनमनमा स्थापित गर्नुको जगका सक्रियता, विचार, चरित्र र अन्तर्राष्ट्रिय पहिचान आधार हुन् ।

छोटै समयमा हजारौं नेता कार्यकर्ता र नागरिकलाई प्रजातन्त्रको पक्षमा लामबद्ध बनाउने उहाँको योगदान आधुनिक नेपालको पहिलो उज्यालो वा अहिले र भविष्यको लागि समेत चेतना खोजीमा प्रकाश हुनेछ । सरकारी सत्ता पर्तिर अर्को कुनै चेतनाको झुल्के किरणसम्म नभेटेको जहानियाँ रुढ रैती ‘नागरिक’को बेला बीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादी प्रयत्न कति दुरुह वा असाध्य थियो रु सायद, आधुनिक प्रविधियुगका भोक्ताको कल्पनाभन्दा बाहिर छ ।

बीपीको राजनीतिको केन्द्रीय तत्त्व सरकारी सत्ता थिएन । त्यो सत्ता जनताको पक्षमा परिणाम दिने साधन वा ऊर्जा हो, साध्य मानवीय र जनताको पक्षमा प्रतिफल प्राप्त गर्नु हो । प्रजातन्त्र, समाजवाद, साहित्य, धर्म, संस्कृति वा प्रकृतिमाथिको उहाँको समग्र दृष्टि मानवीय पक्षमा केन्द्रित छ । उहाँ मानिस, त्यसैले अभौतिक, अगोचर देव र दानवभन्दा भिन्न लौकिक जीवन जगत्को पक्षमा उभिनुभयो । मान्छे असल बन्न सक्ने प्रवृत्ति प्रेरणा दिनुभयो ।

विकृत परिवेशबीच अहिले बीपीमाथिको विमर्श बहस झन् खाँचो खड्किएको छ । उहाँको देश नेपालमा यतिबेला क्रमशः प्राज्ञिक अनुसन्धान शून्य छ भन्न मिल्छ । व्यक्तिगत प्रयत्न स्तुति भयो तर अनुसन्धानको संस्थागत अनुराग शिथिल छ । राजशाहीको बेला गराइने ताबेदारी अनुसन्धानको युग सकियो तर लोकतन्त्रको जेठ १५ गते बर्खा बखान गर्नेहरुले प्राज्ञिक अनुसन्धानलाई भित्ता ठेली रहेका छन् ।

प्राज्ञिक बहसलाई अनुत्पादक मान्ने जमातको जकडमा राष्ट्र फसी रहेको बेला, यही कारण ‘जीवनोपयोगी’ भन्दै प्राविधिक कौशललाई सर्वेसर्वा शिक्षा बताइरहेका छन् । के प्राज्ञिक वा बौद्धिक अनुसन्धान अनुत्पादक हो रु प्राज्ञिक र प्राविधिक अनुसन्धानबीच समन्वय गर्न नचाहनेहरु प्राज्ञिक उत्पादन प्रविधि प्रयोगको दर्शन बन्ने विश्व तथ्यलाई स्वार्थवश उपेक्षा गरिरहेका छन् ।

प्राज्ञिक संस्थाको स्वतन्त्र अनुसन्धानलाई बाधित गर्ने कम्युनिस्ट शैली हो । यस कारण पनि बीपी चिन्तनप्रतिको बहस संस्थागत छैन, व्यक्तिगत सीमाभित्र मात्रै संकुचित छ । स्वयं उहाँबाट स्थापित नेपाली कांग्रेस पनि यस मामलामा चुकेको छ । बीपी कांग्रेसको मात्रै होइन, विचार र चिन्तनशीलहरुको समेत हो । बीपीप्रति कन्जुस्याइँको अर्थ अरु कुनै मान्यताले यहाँ उहाँको पूर्ति गर्न सक्दैन ।

विचार, विवेक र उन्मुक्त वैयक्तिक अभिव्यक्तिमाथि अनुदार अहिलेको सरकारी सत्ता आलोचनात्मक चेतप्रति बाधक छ । यही कारण बहुआयामिक बहस दमित छ । अवसर प्राप्ति वा सरकारी कोपभाजनको भयले धेरै ‘स्वघोषित’ बौद्धिक विवेकमाथि लगाम लगाइरहेका छन् । ऋतु अनुसार ‘काक काक, पिक पिक’ भनेको यथार्थ उद्घाटित भएको छ ।

यस्तै अँध्यारोमा प्रा डा। अभि सुवेदीजस्ता उद्भट अध्येता पनि छन् जसले बीपीको गहराइ बुझेर उद्घाटित गर्छन् । जननेता, जननायक र महामना बीपीले मागेर लिएको उपाधि होइन । अरुले मूल्यांकन गरेका विशेषण हुन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री चाहिं जनताले दिएको उहाँको स्वआर्जन हो । महामनालगायत बीपी सापेक्ष विशेषणको मर्म प्रा।डा। सुवेदी र अर्का विद्वान् केदारभक्त माथेमाले व्यक्त गर्नु भएको हो ।

मेरो जानकारी भएसम्म नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बीपीको वैशिष्ठ्य यसपटक गम्भीर बुझाइमा विश्लेषण ९नयाँ पत्रिका,जयन्ती दिवसमा० गर्नुभएको छ । आधुनिक नेपालको परिकल्पनाकार, त्यसबखत बीपीले नेपाललाई प्रशासनिक इकाइ मात्र जस्तो भन्नु वा परराष्ट्र नीतिमा बीपीको दृष्टिलाई निधिले गहिरो अध्ययनमा प्रस्तुत गर्नुभएको छ ।

यस्तै सर्वोच्च नेता गणेशमान सिंहले तत्कालीन कम्युनिस्टहरुलाई मिलाएर नेतृत्व गर्नुभएको छयालीस सालको आन्दोलन बीपीको प्रस्तावभन्दा बाहिर थिएन निधिले उद्धरण दिनुभएको छ । उपसभापति निधिको बिछट्टै विशद् गाम्भीर्यको गुरुत्व पनि यो लेखले बहन गरेको माने । बीपीले आफूलाई राष्ट्रिय राजनीतिमा सामेल गराएको कृतज्ञ खुलासा पनि निधिले गर्नुभएको छ ।

चौधौं महाधिवेशन सम्मुख सभापति पदका उम्मेदवार ९दाबा० कांग्रेस उपसभापति निधिको यो लेख अर्थपूर्ण त छँदैछ । त्यसभन्दा अतिरिक्त उहाँको सुझबुझ र अध्ययनको गहिराइ पनि लेखले कुशल बहन गरेको छ । जुनसुकै तहको किन नहोस् तर कांग्रेसमा यस्तो वैचारिकी क्षमता स्खलित छ । भन्नैपर्छ वरिष्ठ नेता रामचन्द्र पौडेल विचार र चरित्रको मामलामा अहिलेको संस्थापनभन्दा उत्तम उदात्त हुनुहुन्छ । कांग्रेसमा नैतिक चरित्रका पात्रहरु धेरै छन् । निधि स्वयं पनि हो ।

लहरै नाम लिँदा महामन्त्री शशांक कोइराला, डा।शेखर कोइराला, प्रकाशमान सिंह आदि सबै नैतिक चरित्रका इमानदार पात्र हुन् । क्षमता आआफ्ना हैसियत अनुकूल हुन्छ नै । बीपीलाई बुझ्ने आआफ्नै ढर्रा होलान् । समेट्ने, सुन्ने र विधिको मर्ममा हिँड्ने आन्तरिक लोकतन्त्रसँग भयभीत वा पेल्ने र ठेल्ने सभापति शेरबहादुर देउवाको निष्ठुरताले कांग्रेसका यस्ता हजारौं पात्र अहिले ‘किं कर्तव्य विमूढ’ बनाइएका छन् ।

पदको हैसियतले सभापति, अध्यक्ष वा प्रधानमन्त्री जो छ त्यसको ‘पराक्रमी’ गुटलाई संस्थापन भन्ने पहिचान राजनीतिमा सरल छ । लाग्छ वा बहस होला, संस्थापनको मान्यता पदको परिधिमात्रै होइन, विचार र चरित्रमा संस्थापनको प्रतिनिधित्व अर्कैले लिएको स्वीकृति पनि स्थापित गर्नु न्याय हुन्छ । कांग्रेसमा यस्तै छ ।
पदीय संस्थापन सभापति देउवाको छ तर वैचारिक संस्थापन पौडेलसमेत उल्लिखित नामले पाउने स्पष्ट आधार छ । सभापति देउवा गुटको उपसभापति निधि वैचारिक चरित्र राख्ने अपवादमध्ये एक असल पात्र । उहाँ छायामा दमित होइन, अभिव्यक्त हुनसक्ने कारण ।

बीपीलाई कांग्रेसको मात्र ठान्ने र कांग्रेसले पनि आफ्नो मात्रै मान्ने कारण राष्ट्रिय राजनीति र जीवनमा खासै प्रभाव नराख्ने नेतालाई खुट्टा लगाएर कम्युनिस्टहरुले थैथै गरेको विचित्र तस्बिर पनि यहाँ छ । आफ्ना नेता, अग्रजलाई सम्मान वा अनुकरण गर्नु स्वाभाविक आचरण हो । यसको आलोचना असंगत हुन्छ । बेलुनको साइजभन्दा धेरै हाबा दिनु पनि त्यस्तै असंगत हो । राज्य संयन्त्र सरकारी यस्तै प्रतिकार्यमा चालित भएको द्रष्टाशक्ति राख्नेको दृष्टिमा अवश्य परेको छ ।

यस्ता सन्दर्भबीच कांग्रेसले बीपीको यादमा शब्दगुच्छा वर्षाउँदै छ । यादमा तीन दिने कार्यक्रमको जानकारी पार्टी कार्यालयले दिएको छ । नीति, नैतिकता, विधि र विचारलाई नजिकै वाग्मतीको प्रदूषित प्रवाहजस्तै बनाएको आजको कांग्रेस नेतृत्वले राजनीतिक प्रदूषणमा कम्युनिस्ट सरकारसँग पदचाप मिलाएको छ । भोलि संलिएलान्, त्यो सम्भावनाको सपना हो तर अहिले वाग्मतीको दूषित पर्यावरण र नेपाली राजनीतिको कम्युनिस्ट प्रदूषण यथार्थ हो । प्रदूषणले आकण्ठ डुबेको कांग्रेस नेतृत्वले यी तीन दिनमा के सबक लेला रु

नेपाली कांग्रेसले मूर्धन्य, इज्जतदार नेताहरु उत्पादन गरेको हो । जसको अविस्मरणीय योगदानवीच कुण्ठा, विवाद पनि थिए होलान् तर बीपीको चामत्कारिक व्यक्तित्वको प्रशंसा ती सबैले गरेका छन् । कारण ती सबैको प्रेरणा बीपी, ती सबैबाट प्रेरित हुन पनि जान्नुहुन्थ्यो । कांग्रेसको अग्रगामी इतिहास सित्तै निर्माण भएको होइन ।
मलाई लाग्छ, बीपीलाई बुझ्ने र बुझाइलाई उदार, हार्दिक अभिव्यक्ति दिने विषयमा सबैभन्दा स्पष्ट सहकर्मी गणेशमान सिंह हुनुहुन्छ । उहाँसँग भेटको सौभाग्यमा सुनेको र सर्वमान्य गणेशमान सिंह अलिकति पढेर पनि मैले उहाँको स्पष्टता बुझेको हुँ । नेपाली जनताको राजनीति गर्ने हो भने बीपी विमर्श र अनुशरण कांग्रेसको लागि पुनर्जीवन हो । लुते र लोलुप धारणाले हल्लिने चरित्रको अर्थ छैन ।