गण्डकी प्रदेशमा ५१ कोरोना संक्रमित थपिए

September 19, 2020

गलेश्वर न्युज,३ असोज ।स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान गण्डकी प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएको जनाएको छ ।
निर्देशनालयले पोखरा महानगरका ७ वटा वडाका १० पुरुष तथा ३ महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

 

त्यसै गरी निर्देशनालयले स्याङजा ५ की ५२ वर्षीया महिला, तनहुँ ब्यास ६ का ३३, ३९ र ६० वर्षीय पुरुष एवं नवलपुर देबचुलीका ७ वर्षीय बालकदेखि ६२ वर्ष उमेर समुहका १६ पुरुष तथा ५ वर्षीया बालिका देखि ८० वर्ष उमेर समूहका १८ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ४ सय २ पुगेको छ ।