अन्तरजातीय बिवाहले दिएको पीडा संगै खुशी समेटिएको दशै गित सार्वजनिक (भिडियो सहित)

September 25, 2020

गलेश्वर न्युज,९ असोज ।म्याग्देली कलाकार सुनिल बानियाँको अभिनय रहेको ‘यसपाली दशैंमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
समाजमा रहेको जातिय विवेदका विरुद्ध जनचेतनामुलक सन्देश दिने खालको विषयवस्तुलाई समेटिएको यसपालीको दशै गित सार्वजनिक भएको हो ।

गीतमा बाल गायिका सुदिक्षा सुनार,बलबहादुर परियार र नानु परियारले स्वर दिएका छन भने गीतको शब्द लय बलबहादुर परियारको रहेको छ।
अन्तरजातिय बिबाहबाट भएका एक दम्पत्तिको सफल कथामा आधारित रहेर म्यूजिक भिडियो तयार पारिएको कलाकार बानियाँले बताउनुभयो । भिडियोमा बानिया संगै श्रद्धा क्षेत्री र प्रियंका विश्वकर्माको अभिनय रहेका छन ।एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बानियाँ बेनी सामुदायिक बिद्यालयका शीक्षक पनि हुन ।

भुपेन बानियाँको निर्देशनमा तयार पारिएको क्रियटिभ मिडियाको युट्युब च्यानलबाट गितको भिडियो सार्वजनिक भएको हो ।