बेनीमा लागूऔषध सहित एक युवा पक्राउ

October 19, 2020

गलेश्वर न्युज ,म्याग्दी सदरमुकाम बेनीमा एक युवा लागूऔषध सहित पक्राउ परेका छन् ।प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले बेनी नगरपालिका–८ गणेशटोल बस्ने २९ बर्षका बलम भण्डारीलाई लागू औषध सहित पक्राउ गरेको हो ।

लागूऔषधको सेवन र विक्रि वितरण गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले भण्डारीको कोठामा खानतलासी गरेको र उनले कोट राख्ने कभर भित्र लुकाई राखेको अबस्थामा लागु औषध जाईजेपाम ३० एम्पुल, फेनरागन ३१ एम्पुल र नुर्फिन ३० एम्पुल गरि कुल ९१ एम्पुल लागुऔषध र ६ जना सिरिन्ज बरामद गरेको जनाएको छ ।

भण्डारीलाई नियन्त्रणमा लिएर आबश्यक अनुसंधान र कानुनी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकृत प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिनुभयो ।