म्याग्दीमा कन्ट्रयाक्ट ट्रेसिङमा परेका ३ जनामा कोरोना पुष्टी

October 23, 2020

संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिकाका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा विहानै सार्वजनिक गरेका विज्ञप्तीमा पिसिआर परीक्षणमा बेनी नगरपालिका वडा नं १ का ४४ बर्षिय, वडा नं ७ की ३९ बर्षिया महिला र १० नं वडाका ३० बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती जारी गरिएको विज्ञप्तीमा तीनैजना संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए ।

कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको अवस्थामा बेनी अस्पतालका बिरामीमा कोरोना पुष्टी भएका दुई बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी र संक्रमतिको ट्रेसिङमा परेका मंगला गाउँपालिकाका सम्पर्कमा रहेकालाई कोरोना पुष्टी भएको थियो । यो सँगै कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोनाको पुष्टीले म्याग्दीमा समुदायमै कोरोना फैलिने जोखिमह्वात्तै बढेको छ ।