म्याग्देली गायक रवि कार्कीको “माया के रैछ’ गित सार्वजनिक

प्रकाशित मिति: १९ मंसिर २०७७, शुक्रबार गलेश्वर न्युज

गलेश्वर न्युज,१९ मंसिर ।
म्याग्दीका कलाकार हाँस्यव्यङ्ग्य एवं लोकदोहोरी गायक रवि कार्कीको लोकदोहोरी ‘मायाँ के रैछ’ बोलको गीत सार्वजनिक भएको छ । असफल प्रेममा आधारित गीत शुक्रबार रवि कार्किो युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

प्रेम र गाउँले परिवेशमा मार्मिक कथालाइ बुनेर सार्वजनिक भएको गीतको सर्जक प्रविण खत्रीले शब्द, लय तथा स्वर रवि कार्की र चर्चित गायिका देवी घर्ती, रहेको छ भने गितको एरेन्ज हेमन्त कान्छा रसाईलीको गरेका छन। त्यस्तै गीतमा गंगा मिलन कँडेल, रवि कार्की, जुना गुरुङ, सञ्जन बोहोरा, जनिता खत्री र नारायण बास्तोला लगायतका कलाकारको अभिनय देख्न सकिन्छ

गीतको भिडियोले एउटासँगको प्रेम असफल भएपछि पीडामा यूवा र यूवतीको भूमिकालाई मुख्य आर्कषक बनाइएको छ। म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरका कार्कीको यसअगाडी पञ्चेबाजाको लोकदोहोरी गीति एल्बम ‘बेनीबजारमा झर मायालु’ र ‘जाम सुस्तै’ भन्ने गितले लोकप्रिय भएको थियो ।