ओलीको पक्षमा म्याग्दीमा युवा संघको शक्ती प्रदर्शन

प्रकाशित मिति: २१ पुष २०७७, मंगलवार गलेश्वर न्युज

नेकपा ९केपी शर्मा ओली पक्ष० भात्रृ संगठन राष्ट्रिय युवा संघ म्याग्दीले बेनीमा शक्ती प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ ,जिल्ला कमिटी म्याग्दीको आयोजनामा सोमबार बेनीमा बृहत जिल्ला स्तरीय युवा भेला सम्पन्न गरेको छ । सो भेलाको पुर्व मन्त्री तथा नेकपाका नेता महेश बस्नेतले सम्बोधन गर्नुभएको छ ।

गाउँगाउँबाट आएका युवाहरुको ¥याली विरेन्द्रचोक हुँदै बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभा हलमा पुगेको थियो । नेकपाका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री समेत रहनुभएका युवा नेता महेश वस्नेतले भेलालाई सम्बोधन गर्नुभएको थियो । युवाको कार्यक्रमलाई नेकपा ओली पक्षको शक्ति प्रदर्शनका रुपमा हेरिएको छ ।

शक्ती प्रदर्शनमा युवाहरुले प्रधानमन्त्रीको समर्थनमा मोटरसाइकल ¥याली समेत गरेका थिए । उनिहरुले प्रदर्शनमा प्रधानमन्त्री ओलीको पक्षमा विभिन्न नारा लगाएका थिए ।गाउँगाउँबाट आएका युवाहरुको ¥याली विरेन्द्रचोक हुँदै बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभा हलमा पुगेको थियो । र्‍यालीमा सहभागीहरुले ‘आजलाई होइन भोलिलाई, हाम्रो साथ केपी ओलीलाई’ लगायतका नारा लगाएका थिए।

https://www.facebook.com/messenger_media/?thread_id=100020283631751&attachment_id=880495789402884&message_id=mid.%24cAABa98l56Id9A9oslV20pMPFJ7iA