म्याग्दी सहकारीको १३औं साधारणसभाको अवसरमा सपना रोका मगरलाई सम्मान

प्रकाशित मिति: २१ पुष २०७७, मंगलवार गलेश्वर न्युज

अध्यक्ष थदेवी पुनको अध्यक्षतामा संचालित म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि। गोंगबु,काठमाडौं को १३औं वार्षिक साधारणसभाको उद्घाटन संस्थाका बरिष्ठ सल्लाहकार डा।ज्योति शेरचनले दीप प्रज्वलन गरि शुभारम्भ गर्नु भयो । संस्थाको १३औं साधारणसभाको अवसरमा सामाजिक योगदान गरे वापत बेलायती सञ्चार माध्यम बीबीसीले छनौट गरेका संसारका १०० जना उत्कृष्ट महिला मध्येका नेपालका सपना रोका मगरलाई सम्मान गरियो । सो अवसरमा म्याग्दी सहकारीबाट प्रकाशित विभिन्न किसिमका जानकारी मुलक अन्य सामाग्रीहरु समेत प्रदान गरियो । केहि दिन यता स्वास्थ्यमा समस्या आएको जानकारी गराउँदै, आफ्नो जन्मथलो म्याग्दी जिल्लाको सहकारी संस्थाले निमन्त्रणा गरेकोले उत्साहित हुँदै उपस्थित भएकी छु । आज मलाई म्याग्देलीको नाताले यो सम्मान गरेकोमा म्याग्दी सहकारीलाई विशेष धन्यवाद दिदै, विगतको आफनो संघर्ष असमान्य र निकै चुनौतिपूर्ण रहेको स्मरण गर्दै, १०० जनामा नाम छनौट हुनु सफलता भन्दा यो शुरुवात हो

Image may contain: 6 people, people standing

परिणाममुखी काम गर्न अझै बाँकी नै रहेको हुँनाले यसका लागि सबैको साथ र सहयोग हुने आसा व्यक्त गर्नु भयो । सोहि अवसरमा संस्थाका बरिष्ठ सल्लाहकार डा। ज्योति शेरचनले अव सहकारीलाई व्यवसायीक रुपमा विकसित गर्नका लागि कार्ययोजना तयार गरि संचालन गर्नु पर्ने बताउनु भयो । म्याग्दी सहकारीको १४ वर्षे यात्रा उत्साहपूर्ण रहेको बताउनु हँदै, संस्थाको हितका लागि आफुले अझै योगदान दिने विश्वास व्यक्त गर्नु हुँदै, चर्चाको शिखरमा पुगेकी सपना रोका मगरको सफलताले म्याग्देलीहरु गौरवान्वित भएको बतााउनु हुँदै, सपनाका लागि आफुले सकेको सहयोग गर्ने बचन दिनु भयो । राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक तथा संस्थाका कानुनी सल्लाहकार डिल्लीराम तिवारीले सहकारी ऐन तथा नियमावलीको पालना गर्नु सबैको कर्तव्य हुने भएकोले संस्थालाई सफल बनाउन सबै सदस्यहरुले आफनो जिम्मेवारीलाई पुरा गर्नु पर्ने तर्फ सचेत गराउँदै अन्य सहकारी संस्थाको तुलनामा यस सहकारीका पदाधिकारी तथा सदस्यहरु बढि सक्रिय र जिम्मेवार भएको बताउनु भयो ।

Image may contain: 8 people, people standing
कार्यक्रममा बचत तथा कर्जामा असल तथा उत्कृष्ट कारोवार गर्नु हुने इन्द्रमाया महर्जन, चन्द्रशेखर शर्मा,ढकबहादुर छन्त्याल,शम्भु तामाङ,घनश्याम उपाध्याय र दिलमाया भण्डारीलाई कदर पत्र प्रदान गरिएको थियो भने नयाँ शेयर सदस्य मुदी,चेचुङका तिलकुमारी घर्तिलाई शेयर प्रमाण पत्र प्रदान गरियो ।
कार्यक्रमको शुभारम्भमा दिवंगत हुनु भएका संस्थाका उपाध्यक्ष कृष्णबहादुर केसी,शेयर सदस्य श्याम शेरचन लगायत दिवंगत हुनु भएको अन्य शेयर सदस्यका अभिभावकहरुको निधनमा मौनधारण गरिएको थियो ।

Image may contain: 16 people, people standing
संस्थाका सचिव तथा प्रबन्ध संचालक दिपबहादुर छन्त्यालबाट संचालित सो कार्यक्रमको स्वागत सहकोषाध्यक्ष छकप्रसाद शेरचनले गर्नु भएको थियो । साधारणसभामा संचालक समितिको प्रतिवेदन प्रबन्धक विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो भने लेखा समितिको वार्षिक प्रतिवेदन समितिका संयोजक चित्रबहादुर पुनले पेश गर्नु भएको थियो ।
सहकारी संस्था १६८० सदस्य मा ८७१ महिला र ८०९ पुरुष रहेका छन्। आर्थिक वर्ष २०७६÷७७ मा बचततर्फ ४५ करोड ३८ लाख कर्जा लगानीः ४१ करोड ७५ लाख रहेको भने कूल पूँजी ७ करोड ५२ लाख रहेको छ ।