राष्ट्रिय महिला तथा पुरुष भलिबल माघ २७ देखि पोखरामा

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार गलेश्वर न्युज

गलेश्वर न्युज ,टाइगर ग्रुप अफ पोखराको आयोजनामा राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता हुने भएको छ ।
नेपालका उत्कृष्ट क्लबहरु बिच राउन्ड रोविनको आधारमा लिग हुनेभएको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिदैं अध्यक्ष नारायण प्रसाद शर्माले ग्रुपले सामाजिक कार्य गर्नका लागी प्रतियोगिता गर्न लागेको बताए । प्रतियोगितामा महिला तर्फ चार र पुरुष तर्फ चार टिमको सहभागिता रहने उनले जानकारी दिए ।

महिला तर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र न्यु डायमण्ड एकेडेमी । पुरुष तर्फ सशस्त्र प्रहरी बल,त्रिभुवन आर्मी क्ल्ब, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । प्रतियोगिताको विजेताले समान एक लाख ५० हजार । उपविजेताले समान ७५ हजार । तेस्रो हुनेले समान ३५–३५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको सान्त्वना टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट सर्भर,सेटर,ब्लकर,डिफेन्डर र स्पाइकरले समान ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता माघ २७ देखि फागुन १ गतेसम्म पोखरा रंगशालामा हुनेछ ।