२४ घण्टामा देशभर १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति: २८ माघ २०७७, बुधबार गलेश्वर न्युज

 

 गलेश्वर न्युज, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ छ ।

त्यसैगरी २४ घण्टामा ११८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८।६ प्रतिशत पुगेको छ।