तपाई !!! भगवानहरु…

प्रकाशित मिति: ६ फाल्गुन २०७७, बिहीबार गलेश्वर न्युज

अवतार रिजाल, म्याग्दी ” मलाई जीवनदान दिने हजुरहरु भगवान हुनुहुन्छ “
म नाथेले,भगवानलाई धन्यवाद कुन शब्दमा भनुँ !

२०७७ कार्तिक ५ गते को त्यो कालो दिन…
मैले जीवनप्रतिको आशा मारिसकेको थिएँ रुखबाट लडिसकेपछि। तैपनि अत्याधिक पिडाबाट छिटै छुटकारा पाउँ भन्ने थियो।

” जब मेरो शरीर मलाई भारि लाग्न थाल्यो मैले मेरो जीवन को अस्तित्व भगवानको हातमा छोडिदिएँ।”

मलाई सँगै लिएर गएका साथिहरुले यो मर्छ यसलाई नछोउँ भनेर छोडिदिनुभएछ, उहाँहरुसँग मेरो कुनै गुनासो छैन, हजुरहरुको मनमा थोरै पनि मानवता थिएन रहेछ, यसको हिसाब समयले गर्नेछ। म बबुरोले केही गर्न सक्दिन।
म रुखबाट लडेर अर्धचेतन अवस्थामा छट्पटाईरहेको थिएँ, केहिबेरपछि मलाई त्यहाँबाट उद्वार गरेर अस्पतालसम्म पुर्याईयो।दशैँको बेला थियो, मणिपाल हस्पिटलमा छिटै उपचार सम्भव नहुनेभएपछि त्यहाबाँट फेवासिटि हस्पिटलमा गयौँ । त्यहाँका डक्टरहरु र अस्पताल प्रशासनले म प्रति देखाएको उदारता सम्झिएर म कैयौँ पटक कृतज्ञ भएर रोएको छु। सम्पूर्ण चेकजाँच भैसकेपछि मेरो रिपोर्ट आयो, मेरो ू स्पाईनल कर्ड ईन्जुरिू भएको रहेछ। डक्टरका अनुसार अब म उठ्न सक्ने हिँड्न सक्ने सम्भावना निकै न्यून थियो। तैपनि यो दुखाईबाट छुटकारा पाउन भएपनि अप्रेशन त गर्नै पर्ने थियो, कोरोनाको भय उच्च बिन्दुमा पुगेको थियो, तैपनि डक्टरहरुले कुनै कुराको प्रवाह नगरि जतिसक्दो छिटो मेरो अपरेशन गरिदिनुभयो,उहाँहरुले आफ्नै भाइ छोरा सम्झिएर उपचार गर्नुभयो। यसको पछाडि हजुरहरुको निरन्तर साथ र सपोर्ट थियो, र यो सम्भव भयो।
हामी सामान्य परिवारका मान्छेे.. स्पाईनल कर्ड ईन्जुरिको महंगो उपचार….. त्यसमाथि ठिक हुने सम्भावना अत्यन्त न्यून हुँदा हुँदै पनि हजुरहरुले मलाई यति धेरै माया गरेर मेरो उपचारको लागि खट्नुभयो आर्थिक,नैतिक,भौतिक रुपमा… यो स्नेह यो प्रेम यो उदारता देखेर ईश्वर पनि पग्लियो… असम्भव कार्य सम्भव भयो….। हरियोखर्क अस्पतालमा फिजियोथेरापि गर्दै गर्दै मेरो अवस्थामा नसोंचेको परिवर्तन आउन थाल्यो, म मा आएको परिवर्तन देखेर डक्टरहरु समेत आश्चर्यचकित हुनुन्थ्यो ….. प्रेमको अगाडि भगवान पनि नतमस्तक हुने रहेछन। हजुरहरुले मलाई गरेको प्रेम देखेर भगवान पनि मेरो सहायता गर्न आउनुभयो…..१ दुर्घटना भएको पाँच महिना पुगेर आज छ महिना लागेको छ, मैले ह्विलचेयर,वाकर छोडिसकेको छु। केही पाईला बिना सहारा हिँड्न सक्छु, र लठ्ठिको सहारामा छिमेक सम्म चोक सम्म पुग्न सक्छु।
अर्धमृत अवस्थामा रहेको मलाई यो अवस्था सम्म ल्याईपुर्याउनुहुने हजुरहरु ….. सम्पूर्ण प्रति म आजन्म श्रद्धाले झुकिरहनेछु। मेरो भगवान त हजुरहरु नै हो। हजुरहरुको यो प्रेम को कदर गरिरहनेछु। मलाई आर्थिक,नैतिक,भौतिक सम्पूर्णरुपमा सहयोग गर्नुहुने हजुरहरु सम्पूर्ण राखुबासिहरु, मेरा ईष्ट, मित्र, आफन्तहरु, मेरा सहपाठिहरु, ने.रे.सो. पिप्ले, CYG Group , नव सन्तोष सेवा युवा क्लव, फेवासिटि हस्पिटलका डकटरहरु, हरियोखर्क हस्पिटलका डक्टरहरु, नेकपा एमाले जिल्ला कमिटि, गाउँ कमिटि, नेपाली कंग्रेसका साथिहरु, रघुगंगा गाउँपालिका लगायत हजुरहरु सम्पूर्ण प्रति म नतमस्तक छु, भगवानहरुलाई धन्यवाद भन्ने शब्द म सँग छैन, यसको लागि माफि चाहन्छु……।