बेेेेनी नगरपालिका ९ घतानमा ३ दिने व्यक्तीत्व र नेतृत्व विकास तालिम सम्पन्न

प्रकाशित मिति: ७ फाल्गुन २०७७, शुक्रबार गलेश्वर न्युज

 

गलेेेेश्वर न्यू्ज , बेेेेनी नगरपालिका ९ घतानमा ३ दिने व्यक्तीत्व र नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।नेपाली कांग्रेस बेनी नगरपालिका वडा नं ९ घतानले उक्त तालिम सञ्चालन गरेको हो ।

उक्त तालिमको समापन कार्यक्रमको अध्यक्ष नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीका सचिव क्या. मिन बहादुर कार्कीले ३ दिने तालिमले राजनिति होस वा कुनै सभा समारोह जस्ता जुनसुकै कार्यक्रम होस वा व्यक्तीगत नेतृत्व र व्यक्तीत्व विकास गर्ने बताए ।”थोरै समयको तालिमले नी ३ दिनमै मामुल परिवर्तन ल्याएको छ ” भन्दै धन्यवाद व्यक्त गरे ।

तालिमले पछि परेका ब्यक्तीहरुलाई सहयोग पुगेको र परिवर्तन ल्याएको वडा समितिका सभापति चक्र बहादुर केसीले बताए । तालिममा पहिलो दिनको प्रशिक्षक बेनी नगरपालिका ७ का सभापति रमेश श्रेष्ठ र नेपाल जेसीज २०२१ का राष्ट्रिय उपाध्यक्ष सुजन बरुवालले गरेका थिए भने तालिमको द्रोसो र तेर्सो सञ्जिवनि मल्टिपल ट्रेनिङ सेन्टर पोखराका प्रशिक्षक श्रीकृष्ण लामाले सहजीकरण गरेका थिए । तालिममा ३५ जना सहभागी रहेको थियो ।


कार्यक्रम कार्कीको अध्यक्षता सचिव रामचन्द्र कार्कीको सञ्चालन र उपसभापति टीका बहादुर चोखालको मन्तव्य मा समापन भएको थियो।
कार्यक्रममा जिल्ला किसान संघका अध्यक्ष सम्मर बहादुर थापा पनि बोलेका थिए ।


सहभागी प्रकाश खत्री र शान्ति पूरीले यति छिट्टै परिवर्तन ल्याएको मा खुसी व्यक्त गरेका छन ।” हिजो बोल्दा शरीर काप्ने आज बोल्न सक्ने भए ” पुरीले भनिन्।


सहभागी ३५ जनालाई प्रमाण पत्र प्रदान गरेको थिए। कार्यक्रममा तालिमको समापन सँगै हालसालै पोखरामा सम्पन्न भएको प्रथम टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिता मा सोही वडाका खेलाडी सुजन चोखाल लाई सम्मान गरेको थिए ।