घतान पुला समाज म्याग्दी अस्ट्रेलिया द्वारा ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग

प्रकाशित मिति: ८ फाल्गुन २०७७, शनिबार गलेश्वर न्युज

 

गलेश्वर न्युज, बेनी नगरपालिका–९,घतान काउँलेगौडाका ६ बर्षिय ब्लड क्यान्सर पिडित बालक शिभम चोखालको उपचारमा घतान पुला समाज म्याग्दी अस्ट्रेलिया द्वारा रु १ लाख भन्दा बढी सहयोग जुटाएको छ।

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ चोखाललाई घतान पुला समाज अष्ट्रेलिया अभियानद्वारा १ लाख ३० हजार ४ सय ९४ रुपैयाँ शिभमका ठुलोबुबा प्रेम बहादुर चोखाल र प्थ्ऋ क्लबका अध्यक्ष प्रकाश खत्रीलाई हस्तान्तरण गरिएको बेनी नगरपालिका ९ का सभापति चक्र बहादुर केसीले बताए ।

उपचारमा आर्थिक अभाव भएपछि यो अभियान सञ्चालन गरेर सहयोग संकलन गरिएको केसीले बताए । बालकको आमाको छ महिना अगाडी करेन्ट लागेर मृत्यु भएको र परिवारको विपन्नताका कारण उपचारमा आर्थिक समस्या देखिएको थियो ।

एक्कासी बिरामी भएपछि चेकजाँच गर्दा ब्लड क्यान्सर पुष्टि भएपछि थप उपचारका लागि आर्थिक आवश्यकता रहेको पीडितका परिवारको भनाई छ । हालसम्म स्वदेश तथा विदेशबाट १५ लाख आर्थिक संकलन भएको छ । उपचारमा २० लाखभन्दा बढी लाग्ने चिकित्सकले बताएका छन् ।