वि क्यर एण्ड लभ फाउन्डेसन अस्ट्रेलिया द्वारा बगुवाखोला विद्यालयमा गीजर हस्तान्तरण

प्रकाशित मिति: ९ फाल्गुन २०७७, आईतवार गलेश्वर न्युज

 

पवित्रा खत्री, वि क्यर एण्ड लभ फाउन्डेसन अस्ट्रेलियाले बेनी नगरपालिका ५ म बगुवाखोलामा रहेको बाल जागृती आधारभूत विद्यालयमा २ ओटा गिजर हस्तान्तरण सहयोग गरेको छ ।

उक्त संस्थाले करिब ४५ हजार रुपैयाँ पर्ने गिजर सहयोग गरेको हो । विभिन्न शिलशिलामा अस्ट्रेलिया पुगेका म्याग्दीका महिलाहरु आवद्ध संस्थाले निम्न वर्गका बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने तथा महिलाहरुलाई सामाजीक कार्यमा प्रोत्साहन गर्ने उद्देश्यले स्थापना भएको संस्थाले जिल्लाको विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको अध्यक्ष जानु शेरचन केसीले बताईन ।

गिजरले विद्यालयमा ठूलो सहयोग पुग्ने विद्यालयका प्र।अ भक्त बहादुर कार्कीले बताए । विद्यालयमा जनशक्तीको अभाव रहेको छ । भौतिक आपाङ्गता विद्यार्थीहरुलाई विभिन्न संघ संस्था र व्यक्तीहरुले सहयोग गर्दै आएका छन् ।