नेपाली काँग्रेस बे.न.पा.९ घतानद्वारा वडा कार्यालय,बेनि नगरपालिका र निलदह खानेपानी तथा सरसफाइ कार्यालयमा ध्यानाकर्षण पत्र

प्रकाशित मिति: १३ फाल्गुन २०७७, बिहीबार गलेश्वर न्युज

 

गलेश्वर न्युज, नेपाली काँग्रेस बे.न.पा.(९ नगर वडा कार्यसमिति घतानले बेनि नगरपालिका ९ नं।वडा कार्यालय,बेनि नगरपालिका र निलदह खानेपानी तथा सरसफाइ कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ।वडाका विकास निर्माण कार्य र निलदह खानेपानी आयोजना सम्बन्धि जनगुनासो बढ्दै गएपछि कार्यसमितिले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
उपसभापति टीका बहादुर चोखाल (किसान) को नेतृत्वमा वडाका विकास निर्माण कार्यका विषयमा वडा कार्यालय र बेनी नगरपालिका लाई पत्र बुझाएको हो।

निलदह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयमा उक्त पत्र बुझाएको चोखालले बताए ।” आम नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको खानेपानी जस्तो संवेदनशील आयोजनाको ढिलासुस्ती र अपेक्षा गरेको कार्य नभएको र समितिको एकल निर्णय बाट संचालित आयोजनाको गतिविधिप्रति , यत्रतत्र जनगुनासो बढेकाको विषयमा संवेदनशील बनेका छौ ।” चोखालले भने ।वेनपा९ एकमात्र गौरवको आयोजना निलदह खानेपानी आयोजना९ एक घर एक धारा० को विषयमा पनि जनगुनासो बढ्न थालेपछि कार्यालयमै पुगि ध्यानाकर्षण पत्र बुझाईएको कोषाध्यक्ष लाल पुरीले बताउनु भयो।

पछिल्लो समयमा वडा भित्र भएका अव्यवस्थित , अव्यवहारिक र प्रयोग विहिन भौतिक संरचना निर्माण कार्यप्रति जनगुनासो गरेका छन्।


गतवर्ष मात्रै निर्माण गरिएको बहुउद्देश्यीय भवन प्रयोग विहिन भई जीर्ण बनेको र उक्त भवन प्रयोग मा ल्याउन योग्य नबनाई अर्को भवनको निर्माण कार्य भएकोले र वडाको बजेटलाई अव्यवस्थित,अव्यवहारिक दीर्घकालीन सोच नराखी भौतिक निर्माणमा खर्च गरेकाले सो अस्तव्यस्त अवस्थामा रहेको भौतिक संरचनाको व्यस्थापन गर्दै दीर्घकालीन सोचका साथ वडाका त्यस्ता संरचना निर्माण गर्नुहुन सम्बन्धित निकाय लाई पत्र बुझाएको चोखालले बताए।
“समृद्ध वडा,सुखि वडाबासि बनाउनका लागि सम्बन्धित निकाय सम्वेदनशिल बनोस्,उदार र सकारात्मक सोचका साथ अघि बढ्नुहुन आग्रह छ,सृजनात्मक कर्ममा सदैव साथ,सहयोग र समर्थन रहन्छू ” बे.न.पा.९ का सभापति चक्र बहादुर केसीले बताउनुभयो ।
उक्त कार्यमा क्रियाशील सदस्य हरु क्षेत्र बहादुर चोखाल,लक्षंमण चोखाल,पुण्य चोखाल,प्रकाश खत्री लगायतको उपस्थिति रहेको थियो।