म्याग्दीमा १२ किलो गाँजा सहित एक युवा प्रकाउ

प्रकाशित मिति: १३ फाल्गुन २०७७, बिहीबार गलेश्वर न्युज

 

गलेश्वर न्युज, म्याग्दीमा १२ किलो गााज सहित एक युवा प्रकाउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका–२ रुमको भिरखर्कका एक युवालाई लागु औषध गाँजा सहित प्रहरिले पक्राउ गरेको छ ।

भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलो ८५० ग्राम गाँजा सहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा गएको टोलीले गाँजा र पुनलाई नियन्त्रणमा लिएको हो । बोराभित्र हालेर बाख्राको खोरमा लुकाई राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरी सदरमुकाम बेनी बजारमा बिहीबार एक बृद्धा लुटिनुभएको छ । बेनी नगरपालिका–४ डाडाखेतकी ७६ वर्षीया पुतली किसानले कानमा लगाएको गहना लुटिएको हो ।

दुई जना युवाले नेपाल बिद्युत प्राधिकरणको कार्यालय मुनी लगेर कानमा लगाएको आधा तोला सुनको रिङ लुटेर भागेका पिडित किसानले बताउनुभयो । गहना लुटिएपछि किसान बिलौना गर्दै बिद्युत प्राधिकरणको कार्यालयमा पुग्नुभएको थियो ।

सामान्य निवेदन लेखेर वृद्धालाई प्रहरी कहाँ पठाएको बिद्युत प्राधिकरणका कर्मचारी सुर्य खत्रीले बताउनुभयो । केही दिनअघि पनि बेनीमा यस्तै शैलीमा अर्की बृद्धा लुटिनुभएको थियो । लुटेराको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।