म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको सरुवा: गणेशबहादुर अधिकारी आउने

प्रकाशित मिति: १४ फाल्गुन २०७७, शुक्रबार गलेश्वर न्युज

 

गलेश्वर न्युज, म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको सरुवा भएको छ । प्रजिअ अधिकारीलाई काठमाडौंमा सरुवा गरिएको हो ।अधिकारीको स्थानमा गृह मन्त्रालयबाट गणेशबहादुर अधिकारी आउनुहुने भएको हो ।गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार उनीहरुको सरुवा भएको हो ।