प्रधानमन्त्रीको ओलीको प्रश्‍न: खै कहाँ छ देशलाई संकट ?

प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलवार गलेश्वर न्युज

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकमा कुनै संकट नरहेको दावी गरेका छन् । राजधानीमा मंगलबार रिपोर्टर्स क्लबको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् ।

मुलुक र जनतालाई अहिले कुनै पनि संकट नरहेको बताउँदै उनले भने, ‘देश संकटमा छ भनेर गलत प्रचार भइरहेको छ । खै कहाँ छ संकट? जनतालाई संकट छ कि किसानलाई संकट छ कि ? तर म त कहीँ संकट देख्दिनँ ।’

प्रधानमन्त्री ओलीले पात्रहरुलाई निजी संकट हुनसक्ने बताउँदै भने, ‘देउवा, प्रचण्ड र माधवजीहरुलाई संकट परेको होला । तर देशलाई र संविधानलाई संकट छैन ।

फागुन २३ मा सर्वोच्च अदालतको फैसला आउनुअघि नै नेकपाको एकता भंग भइसकेको उनले दावी गरेका छन् । सर्वोच्चले पार्टी फेरि एकता गर्न १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जान भनेको तर प्रचण्डले चासो नदिएको उनको आरोप थियो । साथै अदालतको फैसलापछि छलफल गरौं भन्दा प्रचण्डले नै इच्छा नदेखाएको ओलीले बताए ।