बालहितकारी परियोजना नेपालद्धारा ३ सय ८ विपन्न परिवारलाई राहत

प्रकाशित मिति: १४ असार २०७८, सोमबार गलेश्वर न्युज

गलेश्वर न्युज, बालहितकारी परियोजना नेपालले किडाशाको आर्थिक सहयोमा पोखरा महानगरपालिका १० वडाका ३ सय ८ विपन्न बालबालिकाका सँगै उनीहरूका परिवारहरुलाई राहत वितरण गरेको छ । लामो समय देखि भईरहेको बन्दाबन्दीका कारण अति प्रभावित बालबालिका उनीहरूका परिवारलाई स्थानीय बालक्लबको माग तथा सिफारिसमा राहत वितरण गरिएको हो ।

राहतमा ३ सय ८ परिवारलाई उर्जा जिरा मसिना चामल ७,७०० केजी, रातो दाल ९२४ केजी, चना ३०८ केजी, ठुलो भट्टमास ३०८ केजी, सेतो केराउ ३०८ केजी, मैदा ३०८ केजी, चिउरा ३०८ केजी, सोयाबिन मस्यौरा ३०८ केजी, कुन्दन सोयाबिन खानेतेल ३०८ लि।,आयो नुन ३०८ केजी, सुकेको खुर्सानी ७७ केजी, मिक्स मसाला पाउडर ६१ र

 

६केजी, बेसारको धुलो ३०।८केजी, लुगा धुने साबुन ६१६ वटा र डिटोल साबुन सानो २,४६४ वटा वितरण गरिएको बालहितकारी परियोजना नेपालका फिल्ड संयोजक केशब पौडेलले बताए ।

बालहितकारी परियोजना नेपालले पोखरा महानगरपालिकाका वडा नं। १,३,५,८,९,१३,१४,१५,१७ र ३० मा विगत २ वर्ष देखि किशोरकिशोरी स्वास्थ्य तथा सम्वृद्धि कार्यक्रम संचालन गरिरहेको छ ।