मंगलाघाटमा निर्माणधिन घरबाट खसेर एक जनाको मृत्यु

प्रकाशित मिति: १९ पुष २०७८, सोमबार गलेश्वर न्युज

 

गलेश्वर न्युज, म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा निर्माणधिन घरबाट खसेर एक जनाको मृत्यु भएको छ । निर्माणधिन अबस्थामा रहेको तिन तला माथिबाट खरेर जिल्लाको अन्नप्रर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घाइते पुनका उपचारका लागि बेनी अस्पताल पुराएपछि चिकित्सकले मृत घोषण गरेको प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले जानकारी दिनुभयो ।