एमाले म्याग्दीको अध्यक्षमा केसी सर्वसम्मत

प्रकाशित मिति: २५ पुष २०७८, आईतवार गलेश्वर न्युज

गलेश्वर न्युज, नेकपा (एमाले) म्याग्दीको अध्यक्षमा देवेन्द्रबहादुर केसी सर्वसम्मत हुनुभएको छ । बेनीमा जारी नवौँ जिल्ला अधिवेशनबाट केसीको नेतृत्व सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । जिसस सभाहलमा जारी अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका प्रत्यासी बालकृष्ण सुवेदीले औपचारिक रुपमा केसीलाई समर्थन जनाएपछि केसी निर्विरोध हुनुभएको हो ।

अधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै निवर्तमान जिल्ला सचिब समेत रहनुभएका अध्यक्ष पदका पत्यासि सुवेदीले केसीलाई आफुले अध्यक्ष पदमा समर्थन जनाएको घोषणा गर्नुभएको छ । निर्वाचन मण्डलले औपचारिक रुपमा निर्वाचित पदाधिकारीहरु घोषणा गरी प्रमाणपत्र वितरण गर्ने जनाईएको छ र । एमाले अध्यक्ष्मा निर्विरोध हुनुभएका केसी जिल्ला समन्वय समितिको प्रमुख समेत हुनुहुन्छ ।