स्वास्थ्य चौकीमा एमालेको कार्यक्रम

प्रकाशित मिति: १ आश्विन २०७९, शनिबार गलेश्वर न्युज

 

गलेश्वर न्युज, स्वास्थ्य चौकीमा एमालेको कार्यक्रम, विद्यालयका प्र।अ समेत सहभागी

म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नं।६ मराङमा रहेको स्वास्थ्य चौकीमा नेकपा ९एमाले०को पालिका स्तरीय पूर्ण बैठक बसेको छ ।

स्वास्थ्य चौकीमा बिरामी आउने समयमा स्वास्थ्य चौकीमा पार्टीको कार्यक्रम भएको एक स्थानीयले जानकारी दिए । आगामी मंसिरमा हुने निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले पालिका र वडा स्तरमा कार्यकता भेटघाट र प्ररिक्षण कार्यक्रम गर्दै आएको छ ।

स्थानीय बासीका अनुसार एमालेको टोल स्तरको पार्टीको पूर्ण बैठक र कार्यकता भेटघाट स्वास्थ्य चौकी र राम्मेमा रहेको विद्यालयमा सम्पन्न भएको छ ।

विद्यालय सञ्चालन भैरहेको अवस्थामा कुनै एउटा पार्टीको कार्यक्रम सम्पन्न भएको खबर आएपछि यसको बिषयमा सामाजिक सञ्चालमा बिरोध समेत भएको छ ।

उक्त एमालेको कार्यक्रममा राम्चेमा रहेको विद्यालयको प्र।अ समेत रहेकी सबिना घर्ति मगर समेत उपस्थिती भएको स्थानीयले बताए । उनले विद्यालय सञ्चालन भैरहेको अबस्थामा विद्यालय छोडेर एमालेको कार्यक्रममा सहभागी हुन आएको बताईएको छ ।

कार्यक्रममा धवलागिरी गाउँपालिका निर्वतमान अध्यक्ष समेत रहेकी थमसरा पुनको समेत उपस्थिती रहेको थियो ।