महिला भलिवलमा एपीएफ, पुलिस, बागमति र गण्डकी प्रदेश सेमिफाईनलमा प्रवेश

प्रकाशित मिति: ३१ आश्विन २०७९, सोमबार गलेश्वर न्युज

म्याग्दी, नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदुरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोागितामा एपीएफ, पुलिस, बागमति प्रदेश र गण्डकी प्रदेश सेमिफाईनलमा प्रवेश गरेको छ ।

सोमबार भएका चार क्वाटरफाईनलमा एपीएफले लुम्वीनी प्रदेशलाई, बागमतिले सुदुरपश्चिम प्रदेशलाई, पुलिसले आमीलाई र गण्डकी प्रदेशले प्रदेश एक लाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।

सोमबार भएको पहिलो खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी प्रदेश माथि सोझो सेटको जित निकालेको थियो । बागमतीले २५–१२, २५–१५ र २५–२३ को सेटमा सुदुरपश्चिम माथि जित निकालेको थियो ।

भलिवलप्रेमी दर्शकको भिडमा तेस्रो क्वाटरफाईनलमा नेपाल पुलिस क्लव र नेपाल आर्मीविच कडा प्रतिस्पर्धा भएको थियो । नेपाल पुलिस क्लबले अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई ३–२ को सेटमा पराजित गरेको थियो । पुलिसले र आर्मी मािथ जित निकाल्दा २५–१३, २५–२०, २३–२५ र पाँचौ तथा निर्णायक सेटमो १५–१३ ले पुलिसले जितेको थियो ।

त्यस्तै गण्डकी प्रदेशले २५–१०, २५–१० र २५– १७ को सेटमा प्रदेश १ माथि जित निकालेको थियो । प्रतियोगितामा वुमन अफ द म्याच एपीएफकी आरती सुवेदी, नेपाल पुलिस क्लवकी टिम क्याप्टेन कमला पुन र प्रदेश १ की पुर्णीमा राई भएका छन् ।

कात्र्तिक १ गते मंगलबार दुई सेमिफाईनल हुने छन् । सेमिफाईनलमा एपीएफ र बागमती प्रदेश, नेपाल पुलिस क्लव र गण्डकी प्रदेश विच हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीले जानकारी दिएको छ ।