कपोलकल्पित र झुट्टा आरोप को खण्डन : कानुनी प्रकिया मा जाने नेपाली कांग्रेस वार्ड ५ को चेतावनी

प्रकाशित मिति: ४ मंसिर २०७९, आईतवार गलेश्वर न्युज

गलेश्वर न्युज, नेपाली कांग्रेस बेनी नपा वार्ड ५ कमिटिले आफ्ना कार्यकर्ता हरुलाई झुट्टा र कपोलकल्पित आरोप लगायर फसाउन खोज्ने बिरुद्ध कानुनी प्रकृया मा जाने चेतावनी दियको छ।

निर्वाचन आचार संहिता लागु भएपछि स्थानीय नेकपा एमालेकि कार्यकर्ता प्रेमा रामधाम को घरमा जमघट गरेर भोजभतेर गरेको अवस्थमा मा स्थानीय नेपाली कांग्रेसका कार्यकर्ता ले सम्झाउन खोज्दा सामान्य भनाभन को घटनामा एमाले कार्यकर्ताले घरेलु हतियार ले आक्रमण गर्ने प्रयास गरेको र त्यसलाई ढाकछोप गर्न उल्टो कांग्रेस कार्यकर्ताले आक्रमण गरे भन्ने भ्रम छर्न पहिले नै घरायसी घटना मा घाइते महिला लाइ आर्थिक प्रलोभनमा पारेर प्रयोग गर्न खोजेको आरोप लगाएको छ।त्यस्तै भिडियोमा बोल्न लगाइयका बालक पनि घटनास्थलमा नभयको र पछि आर्थिक प्रलोभनमा पारेर बोल्न लगायको आरोप कांग्रेस कार्यकर्ताको छ।

नेपाली कांग्रेस वार्ड कमिटिले बेनी नपा वार्ड न। ५ उपल्लोचौर मा भयको घटनामा मा कांग्रेस कार्यकर्ता फसाउन खोज्ने कपोलकल्पित र भ्रमित भिडियो बनाउने, भिडियोमा सहभागी र भिडियो बनाउने सबैलाई कानुनी प्रक्रिया मा ल्याउने बताएको छ।