चट्याङ्ग लागेर बाग्लुङमा एक जनाको मृत्यु , घरमा क्षति

प्रकाशित मिति: ४ बैशाख २०७८, शनिबार गलेश्वर न्युज

 

 

गलेश्वर न्युज, चट्याङ्ग लागेर बाग्लुङमा एक जनाको ज्यान गएको छ । बिहीबार बेलुका परेको चट्याङ्ग लागेर बागलुङको ताराखोला गाउँपालिका(२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको हो ।

गोठमा भैँसी दुहुँदै गर्दा कँडेल चट्याङ लागेर घाइते हुनुभएको थियो । घाइते उहाँको धौलागिरी अस्पताल बागलुङमा उपचारका क्रममा राति १० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यलय बागलुङले जानकारी दिएको छ । कँडेलको घरमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।