बाग्लुङमा एकै विद्यालयमा ३९ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति: ७ बैशाख २०७८, मंगलवार गलेश्वर न्युज

 

गलेश्वर न्युज, बागलुङ जिल्लाको बलेवा नारायणस्थान स्थित जनताधन माध्यमिक विद्यालयका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
पुष्टि भएकालाई घरघरमै सुरक्षित रहन भनिएको छ । यस विधलयमा आइतबार र सोमबार नियमित कक्षा सञ्चालन भएको थियो । संक्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भनेपनि नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छैन ।

संक्रमण बढेपछि अभिभावकले विद्यालय बन्द गर्नुपर्ने माग गरेका छन् । कोरोना सङ्क्रमण तिब्र बने पछि बागलुङ देशभरमै कोरोनाबाट अति प्रभावित हुने १४ जिल्लाको सूचिमा छ ।