प्रवासी काउलेगौडाबासीले गरे गाउँका १५८ घरधुरीलाई स्वास्थ्य सामाग्री सहयोग

प्रकाशित मिति: ३० बैशाख २०७८, बिहीबार गलेश्वर न्युज

गलेश्वर न्युज, विभिन्न सिलशिलामा बेनी नगरपालिका–९ काउलेगौडाबाट प्रवासमा पुगेका गाउलेगौडाबासीले गाउँका १५८ घरदुरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

 

कोरोना भाइरसका महामारीबाट बच्न १५८ घरदुरीलाई ५० पिस् माक्स, एउटा साबुन र लकडाउनको समयमा आर्थीक समस्यामा परेका विपन्न पाँच घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

प्रवासमा रहेका काउलेगौडाका युवा दिनेश बस्नेतको संयोजनमा र यहाँ काउलेगौडा युवा क्लवका युवाहरूको ब्यवस्थापनमा करिब ६० हजार बराबरको सामाग्री सबै घर धुरीलाई बितरण गरिएको थियो ।

स्थानीयलाई आवश्यक सामाग्री सर्जिकल माक्स साबुन तथा अति बिपन्न बर्गका परिवारका लागि आवश्यक खाद्यान्न चामल दाल नुन तेल खरिद गरि वितरण गरिएको निर्मल खत्रीले बताउनुभयो । उहाँका अनुसार युवा क्लबका सदस्यले कोरोनाबाट बच्नका लागि जनचेतनामुलक कार्यक्रम समेत गरेका थिए । पछिल्लो समय घतानका युवाहरुले आफ्नो जन्मभुमीको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।