म्याग्दीमा थप २३५ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

प्रकाशित मिति: १ जेष्ठ २०७८, शनिबार गलेश्वर न्युज


गलेश्वर न्युज, म्याग्दीमा थप २३५ जनामा कोरोना पुष्टि भएको छ । भने एक जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । एकसय पाँच महिला र एकसय ३० जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बेनी नगरपालिका ४ का एक पुरूषको कोरोनाका कारण पोखरामा उपचारका क्रममा निधन भएको छ ।

आज पुष्टि भएकामा बेनी नगरपालिकाका ६४ जना, मंगला गाउापालिकाका २८ जना, रघुगंगाका ५२ जना, अन्नपूर्ण गाउँपालिकाका ७५ जना, धवलागिरी गाउापालिकाका १ जना र जलजला गाउँपालिकाका ३ जना गरी जम्मा २२३ जना९पिसिआरबाट० र रघुगंगा गाउँपालिकाका ५ जना, बेनी नगरपालिकाका ४ जना, धवलागिरी गाउापालिकाका २ जना र मालिका गाउापालिकाका १ जना गरी जम्मा १२ जना९एन्टीजेन विधिबाट० रहेका छन ।
यो सगै म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या ८७९ पुगेको छ ९ ७६९ पिसिआरबाट र ११० एन्टीजेन विधिबाट० आज १० जना संक्रमित निको भएर आईसोलेशन मुक्त हुनु भएको छ भने अहिले जिल्लामा ४४५ जना सक्रिय संक्रमित रहेका छन । अहिले सम्ममा अब ४२८ नमुनाको रिपोर्ट आउन बाकी रहेको छ ।

समुदायस्तरमा कोरोना संक्रमण बढेपछि स्थानीय तहहरूले समुदायस्तर मा पुगेर पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेका थिए ।शनिबार गण्डकी प्रदेशमा भेटिएका संक्रमतिमध्ये सबैभन्दा धेरै समेत म्याग्दीका छन् भने छिमेकी जिल्ला मुस्ताङ सँगै मनाङ र लमजुङमा सुन्य संक्रमति रहेका छन भने पर्वतमा २२ जना र बागलुङमा ७९ जना रहेको निर्देशनालयले जनाएको छ।म्याग्दीमा यसअगाडीको सक्रिय संक्रमति भन्दा एकैदिन भेटिएका संक्रमितको संख्या धेरै देखिएका छन् । यता प्रदेश स्वास्थ्य निर्देशनालयले यसअगाडी जारी गरेको म्याग्दीको संक्रमतिको संख्या भने दोहोरिने गरेपछि स्वास्थ्य कार्यालयले क्रुटी सच्चाएर विवरण सार्वजनिक गर्ने गरेको थियो ।