राष्ट्रिय माविका २०६९ ब्याचका विद्यार्थीहरुद्वारा अक्षयकोष स्थापना

प्रकाशित मिति: १९ जेष्ठ २०७८, बुधबार गलेश्वर न्युज

 

पबित्रा खत्री, म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको राष्ट्रिय माविमा भूतपूर्व विद्यार्थीहरूले अक्षय कोष स्थापना गरेका छन् । २०६९ सालमा एसइई दिएका विद्यार्थीहरूले विद्यालयमा रु।एक लाखको अक्षय कोष स्थापना गरेका हुन् । आफू पढेको विद्यालयलाई केही सहयोग गर्ने लक्ष्यका साथ कोषको स्थापना गरेको उनीहरूको भनाइ छ ।

उक्त कोषको रकमको व्याजबाट समाजमा भै परि आउने आपत, बिपत असहाय, गरिब तथा जेहन्दार बिद्यार्थी ब्यक्तीहरुलाइ सहयोग गर्ने विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।

भुतपूर्व विद्यार्थीहरुले अहिलेको अबस्थामा बिश्वब्यापी फैलिएको कोरोना भाइरसको महामारीबाट बच्न गाउँमा रहेको घतान उपस्वास्थ्य चौकिमा सर्जिकल मास्क ५०० थान, ग्लोबस ९पञ्जा० २०० जोड
स्यानीटाइजर–छ लिटर स्वास्थ्य सामाग्री सहयोग गरेको पूर्व विद्यार्थी अर्जुन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा अध्ययनरत जेहेन्दार बिद्यार्थीहरुमा आइपर्ने समस्याहरुको समाधानको लागी भुतवूर्व विद्यार्थीहरुलाई समेटेर समिती गठन गरिएको छ ।

समितिको अध्यक्षमा अध्यक्ष ःअर्जुन थापा,उपाध्यक्ष ःअमृत खत्री,सचिबःसरोज सुवेदी,सह–सचिबःप्रतीक चोखाल,कोषाध्यक्ष ः मिलन कार्कि,सह–कोषाध्यक्षःप्रशन्न चोखाल चयन हुनुभएको छ ।

भने सदस्यहरुमासुनिल छिनाल,रबिन्द्र सुवेदी,कुशल थापा,प्रबिन चोखाल,भगवान कार्कि रहनुभएको छ । त्यस्तै सल्लाहकारमा तारा देबि चोखाल बानियाँ,शंकर चोखाल,राजन बानियाँ,रामचन्द्र पौडेल रहनुभएको छ । हाललाई एक लाखको अक्षयकोष स्थापना गर्एिको र बाँकी रकम पनि जुट्दै गरेको समितीले बताएको छ ।