माफ गर्नुहोस बाबा !! म सरकारी जागिर खान होइन ,एक असल पत्रकार भएर समाजको लागि काम गर्छु

प्रकाशित मिति: ४ बैशाख २०७९, आईतवार गलेश्वर न्युज

पबित्रा खत्री, वैशाख ४। दिदी दाई हुँदा हुँदै म जन्मिएको रे, दाई १ वर्ष नपुग्दै जन्मिएको म छोरा हो भन्दा भन्दै छोरी भएकी रे , हैट छोरा भयो की भनेको त छोरी पो भएछ भन्दै नानाथरी कुरा गर्दै थिए रे , म इन्डियामा जन्मिएको रे, बाबाले काम गर्ने कम्पनीको साहुले मलाई र दाईलाई असाध्यै माया गर्थ्यो रे, आमा दिनभरि खोजिरहने तर दाई र मलाई साहुले डुलाउन लगेको हुन्थ्यो रे, बाबाआमा को मुहारमा निकै चमक आएको थियो रे की वर्णन गरेर साध्य नै थिएन रे । खै किन आजसम्म मैले बुझेको छैन छोरा हुँदा मुस्कुराउने त्यो समाज म जन्मिँदा यति धेरै खुसियाली किन मनाए भनेर ?

तर आज आएर बुझ्दै छु, त्यो बेला बाबाआमाको मुहारमा आएको खुसी मलाई जन्माउँदा खेरीको र अहिलेसम्म दुःख र संघर्षका साथ मलाई यहाँ सम्म ल्याएका दुःखहरू यति जाबो कापिका पानाहरूमा कसरी व्यक्त गर्न सक्छु र बाबारु आमा र बाबा शब्द दुई अक्षरले बनेको छ तर सुन्दा र भन्दा जति सरल छ त्यति बुझ्दा निकै गहिरो छ । हामी सन्तान र परिवार प्रतिको जिम्मेवारी र दायित्वलाई काधमा राखेर हिँड्न कहा सजिलो छ र ?
एक असल बाबाको परिचय दिन पक्कै सजिलो र सान्दर्भिक छैन ।

म सानै हुँदा बाबा ले घरमा ल्याएर आफू एक्लै परदेश बस्नु भयो तर बिरामी भएर घरमै फर्कनु भएको रे घरमा केही नभएको सबै जोडजाड गर्न ममीलाई सार्है गारहो भएको रे मलाई बोक्दै दाईलाई हातमा समाउँदै खेतीपाती गर्नु हुन्थ्यो रे ममी मेलापातमा व्यस्त भएर उहाँले मेरो त्यति ख्याल गर्न पाउनुभएन रे दिदीले मेरो सुसार गर्नुभएको रे। बाबा सानो छँदै हजुरबुबा हजुरआमा बित्नुभएको उहाँहरुको माया त के अनुहार पनि देख्न पाइने मैले । समय चल्दै गएको थियो मलाई गाउँको एउटा सानो विद्यालय मा पढाउनको लागि पठाउनु भएको रे सानो नाकभरीको सिगान पुछ्दिदै गाउँकै ठुलोबुबा ले लैजानु भएको रे अनि म रुँदै घरमा आउँथे । नजिकको विद्यालय भएर नी होला सानै देखि जाने गर्थे रे।
मेरो बाल्यकाल सबैको माया र स्याहार सुसार पाएर होला निकै खुसी का साथ बित्यो दुःख भन्ने कुरा पत्तै पाएन । आज आएर बुझेको छू की त्यो दुःख कष्ट सँग बाबाले युद्ध गर्नु भएको रहेछ ।

जसो तसो नजिकको विद्यालमा पाँच कक्षा सम्म उतिर्ण गरे सानै छस एक वर्ष यही बसेर पढ किताब बोक्न सक्दिनस भनेर गुरुले भन्दा म धुरुधुरु रोएको पल बिर्सन सक्दिन । छ कक्षा पढ्न अर्को विद्यालय जान पर्ने सानो भएर नी होला निकै टाढा थियो झोला भरीको किताब बोकेर एक घण्टाको बाटो हिँड्न नसक्दा रोएको थिए म दाईदिदी हरुले बोकिदिन्थे अनि म खुसी हुँदै उफ्रदै हिड्ने गर्थे। उमेर बढ्दै गयो परिवारको अवस्था पनि नाजुक थियो बाबा ले मेरो लागि गरेको दुःख संघर्ष बुझ्न थालेको थिए त्यही दुःख बुझेर मेहनत का साथ पढ्ने गरेको थिए ।

सोच्थे भोलि गएर म एक असल पत्रकार बन्छु र समाजमा भएका र घटेका घटना हरुको सत्य तथ्य कुरामा लेख्छु बोल्छु । कहिलेकाहीं सोध्नु हुन्थ्यो बाबा ले छोरी भोलि गएर के बन्छेस भनेर प्रश्न गर्नुहुन्थ्यो । मैले भन्थे पत्रकार बन्छु बाबा , यो भन्दा बाबाको मुहारमा खुसी छाएको पाइन , किनकि बाबाको सोच मलाई एक सरकारी जागीर खाएको देख्नु थियो होला सायद , अनि बाबा केही बोल्नु हुन्थेन , तर कहिलेकाहीँ भन्ने गर्नुहुन्थ्यो खतरा हुन्छ रे डर हुन्छ रे पत्रकारिता तीर किन जान्छेस् त्यता भनेर तरपनि मेरो सोच र लक्ष्य हासिल गर्न बाबाको कुरा सुनिन त्यतिबेला बाट अनि बाबा पनि केही बोल्नु भएन , बाबालाई म जन्मदै बाट छोरी ले ठूलो भएपछि पैसा कमाएर मेरो दुःख मेटाउँछे मेरो सहारा बन्छे की भन्ने थियो होला तर मैले के बन्छेस् भन्दा बाबाको सपना टुटाए जस्तो लाग्छ। आफू सँगै पढेका साथीहरुले परदेशमा गएर पैसा कमाएको देख्दा मेरो बाबाको मन खिन्न भएको महशुस गर्दछु।

मेरो बाबालाई कहिलेकाहीं लाग्छ मैले कसरी खुसी राख्न सक्छु र नेपालमा बसेर भन्ने । बाबाले भन्नुहुन्छ यहाँ राम्रो काम गरेर नाम कमाउन सकिदिनस छोरी भनेर हरेक क्षण भन्नुहुन्थ्यो र कतिपटक त छोड यो सब अरु क्षेत्रमा लाग अरूमा पनि नाम कमाउन सकिन्छ तर मैले अहँ कहिल्यै सुनिन न त पहिले नै न अहिले नै तर बाबाको मनमा डर थियो कतै म अफ्ट्यारो मा त पर्दिन कतै मलाई केही त हुँदैन भनेर । यो क्षेत्रमा पैसा हुँदैन छोरी तैले दुःख मात्र कति गर्छस् भन्दै सम्झाई रहनु हुन्छ तर म मेरो लक्ष्यलाई मात्र देखेर हिँड्को छु ।

मैले लेखेको बाबाको कथा कसैले पढेर नसुनाउनु है , बाबाको आँखा रसाउनेछन् जुन म चाहन्न । बाबा तपाईंले देखेको सपनामा नहिडे पनि तपाईंको शिर कहिल्यै पनि झुक्न दिने छैन है । धेरै लेख्नु थियो तर शब्दविहीन भयो मन र दिमाख तैपनि कोशिश गरे दुई शब्द बाबालाई लेखे ।