दिपेन थापाको ‘ माया जात्रै छ ‘ बोलको गीत सार्वजनिक

प्रकाशित मिति: १६ जेष्ठ २०७९, सोमबार गलेश्वर न्युज

 

गलेश्वर न्युज, बागलुङका कलाकार लोकदोहोरी गायक दिपेन थापाको ‘ माया जात्रै छ ‘ बोलको गीत सार्वजनिक भएको छ । लोकप्रिय गायिका देवि घर्ति मगर र दिपेन थापाको आवाजमा सजिएको उक्त गितमा दोहोरी सर्जक एवम् गायक प्रकाश पराजुलीको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । धनि र गरिव विचको माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

राजकुमार मगरको निर्देशनमा तयार भएको गितको म्युजिक भिडियोमा गायक दिपेन थापा स्वयम् आफैंले अभिनय गरेका छन् भने उनलाई मोडेल रोशनी कार्किले अभिनयमा साथ दिएकी छिन् ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई प्रकाश खड्काको छायांकन एवम् राज कुमार मगरले सम्पादन गरेका छन् । गितको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो वनेको छ ।
थापा पछिल्लो समय लोकदोहोरी क्षेत्रमा फस्टाएको पाइन्छ।

राजकुमार फिल्मस् को पोष्ट प्रोडक्सनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियो म्ष्उभल त्जबउब को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :