दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको ट्विनअटर

प्रकाशित मिति: १६ जेष्ठ २०७९, सोमबार गलेश्वर न्युज

म्याग्दी। हराइरहेको ताराको ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।

जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्‍न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले मुस्ताङ जिल्लाको थासाङ २ सानोस्वारेमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटिएको जनाएका छन् ।

यसबारेमा थप विवरण आउन बाँकी छ ।