म्याग्दीका धुर्वसागर शर्मा प्रेस युनियनको केन्द्रिय सदस्यमा विजयी

प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार गलेश्वर न्युज

बेनी । म्याग्दीका धुर्वसागर शर्मा नेपाल प्रेस युनियनको केन्द्रिय सदस्यमा विजयी हुनुभएको छ । युनियनको हेटौंडामा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट शर्मा केन्द्रिय सदस्यमा सबै भन्दा बढी मत प्राप्त गरी विजयी हुनुभएको हो । शर्माले रेमबहादुर बिकलाई पराजित गर्नुभएको हो । शर्मा सहित केन्द्रिय सदस्यमा ९गण्डकी प्रदेश खुला०तर्फबाट घनश्याम बगाले विजयी हुनुभएको छ ।

प्रेस युनियन म्याग्दीका संस्थापक अध्यक्ष समेत रहनुभएका शर्मा रासस,थाहा संचार नेटवर्क ,ईमेज टिभी लगायत विभिन्न संचार माध्यममा आवद्ध हुनुहुन्छ । युनियनको अध्यक्षमा स्याङ्जाका शिव लम्साल विजयी हुनुभएको छ । भने महासचिवमा बागलुङका दिलिप पौडेल विजयी हुनुभएको छ ।