कामना बैंकले गर्यो बाल दिवसको अवसरमा शैक्षिक सामग्री वितरण  

प्रकाशित मिति: २९ भाद्र २०७९, बुधबार गलेश्वर न्युज

गलेश्वर न्युज , कामना सेवा विकास बैंक म्याग्दीले बाल दिवसको अवसरमा जलजला ४ लामाखेतका बालबालिका लाई शैक्षिक सामग्री वितरण गरेर मनाएको छ ।

बैंकको काम नाफा कमाउने मात्र नभई कमाएको नाफा बाट केही रकम सामाजिक कार्यमा लगानी गर्दै आएको बेनी शाखाका शाखा प्रमुख अजित बरुवालले बताए । “बैंकलाई समाजसँग जोड्दै सामाजिक कार्यलाई थप सशक्त बनाउँछौ” ।बालबालिकालाई पढ्न लेख्नका लागि केही सहज होस भनि शैक्षिक सामग्रीहरु घर दैलो गरी वितरण गरेको उनले बताए ।