१ मोटरसाइकलमा आगजनी र ६ वटामा तोडफोड , आक्रमणबाट ४ घाईते

प्रकाशित मिति: ३ मंसिर २०७९, शनिबार गलेश्वर न्युज

 

गलेश्वर न्युज,  बेनी नगरपालिका–९,ढोल्थानमा रोकिराखेको मोटरसाइकलमाथि आगजनी र तोडफोड भएको छ । शुक्रबार राती गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका यूवाहरू सवार १ मोटरसाइकलमा आगजनी र ६ वटा मोटरसाइकलमा तोडफोड भएको छ । निर्वाचनलाई प्रभावित बनाउने उदेश्यले यूवाहरुको टोलीलाई ढुंगा प्रहार गदैं मोटरसाइकलमा आगजनी र तोडफोड गरिएको बताएको छ ।

घतानको ढोल्थानमा ध १ प ५०१६ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ भने ग १९ प ४२८१ , ध २ प २१२५ गरी ६ वटा मोटरसाइकलमा तोडफोड भएको कृष्ण शर्माले बताउनुभयो । ‘हामीमाथि लगातार ढुंगा प्रहार भयो, मोटरसाइकल जलाएपछि लुक्न बाध्य भयौं’ शर्माले भन्नुभयो ।ढुंगा प्रहारबाट नविन पौडेल, केदार पौडेल,शिव बानियाँ, अर्जुन खत्रीको टाउको र शरीरमा चोट लागेको छ । घटनामा नेकपा एमालेका यूवाहरूको संलग्न रहेको घाईते नविन पौडेलले बताउनुभयो । घटनामा संलग्नको खोजी र कडा कारवाहीको माग गरिएको छ ।