logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • Dark Mode

          Subscribe

    सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा

    सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा

    काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ ।

    टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो ।

    अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

    सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।



    galeshwornews galeshwornews    
  • १७ जेष्ठ २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP