logo
  • १४ फाल्गुन २०८२, बिहीबार | Thu, 26 Feb 2026
  • Dark Mode

          Subscribe

    चन्द्रागिरी हिल्सको नाफा दोब्बर बढ्यो

    • galeshwornews galeshwornews
    • ३१ श्रावण २०८१ बिहीबार
    चन्द्रागिरी हिल्सको नाफा दोब्बर बढ्यो

    काठमाडाैं । चन्द्रागिरी हिल्सको नाफा दोब्बरले बढेको छ।

    गत आर्थिक वर्ष २०८०–८१ मा कम्पनीले २२ करोड ३३ लाख रूपैयाँ नाफा कमाएको हो। यसअघि कम्पनीको नाफा ११ करोड २० लाख रूपैयाँ थियो।

    कम्पनीको सेवा बिक्रीबाट हुने आम्दानी ९१ करोड रूपैयाँबाट बढेर एक अर्ब रूपैयाँ पुगेको छ। कम्पनीको सेवा बिक्री खर्च सामान्य घटेकोले कुल आम्दानी ७९ करोडबाट बढेर ८७ करोड पुगेको छ।

    कम्पनीको अन्य आम्दानी भने केही घटेको छ।

    कम्पनीको प्रतिसेयर आम्दानी सात रूपैयाँ ३० पैसाबाट बढेर १४ रूपैयाँ ५६ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ ९५ रूपैयाँ ३९ पैसा छ।



    galeshwornews galeshwornews    
  • ३१ श्रावण २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP